भारतीय क्वारेन्टाइनमा एकजना नेपालीको मृत्यु
प्रकासित मिति : २०७७ जेष्ठ ११, आईतवार ०९:३१
प्रकासित समय : ०९:३१
भारतमा रोजगारी गरी घर फर्कने क्रममा भारतीय क्वारेन्टाइनमा रहेका एकजना नेपालीको शनिबार मृत्यु भएको छ । लकडाउनका कारण स्वदेश आउन नपाएका ती नेपालीको सुनौली नाका नजिकको नौतनवास्थित राजिव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा शनिबार बिहान मृत्यु भएको थियो ।
उनलाई स्वदेश आउने क्रममा सुनौली नाकाको सिमानाबाट केही दिन अघि फर्काएर भारतको नौतनवास्थित राजिव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा राखिएको थियो । मृत्यु हुनेमा स्याङजाको हरिनाथ नगरपालिका-२ चिसापानीका ३५ वर्षीय देवबहादुर थापा रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले मृतक थापा भारतको दिल्ली नजिकैको अलिगढ भन्ने स्थानमा रोजगारी गर्ने गरेको र उनी मृगौलाको बिरामी भएपनि पछिल्लो पटक हर्नियाको पनि बिरामी रहेको कुरा जानकारीमा आएको बताए ।