भारतमा कोरोनाको संक्रमणबाट ३ हजार ८६८ को मृत्यु
प्रकासित मिति : २०७७ जेष्ठ ११, आईतवार ०७:४६
प्रकासित समय : ०७:४६
काठमाडौं ,भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३१ हजार नाघेको छ । भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ८६८ जनाको मृत्यु भएको छ ।
एकै दिन थप ६ हजार ६२९ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख ३१ हजार ४२३ पुगेको हो ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप १४२ जनाको मृत्यु भएको छ । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्याइएको छ ।