बाँके र बर्दियामा थप ६ जनामा कोरोना संक्रमण
प्रकासित मिति : २०७७ जेष्ठ ११, आईतवार २०:२४
प्रकासित समय : २०:२४
काठमाडौं । बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका चार जना र बर्दियाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
प्रतिष्ठानका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका–५ का २४, २३, २३ र १६ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको बताइएकाे छ ।
यो संगै बाँकेमा कोरोना संक्रमित हुनेको संख्या १ सय ४६ पुगेको छ भने एकजनाको मृत्यु भएको छ ।
त्यस्तै, बर्दियाको बासगढी नगरपालिका–९ का २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।