बाँकेको नरैनापुरमा सेना परिचालन, निषेधित क्षेत्र घोषणा

नेपालगन्ज,  बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट  निषेधित क्षेत्र लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।

नरैनापुरमा कुल ११४ जनामा कोरोना संक्रमण देखिएपछि निषेधित क्षेत्र घाेषणा  गरि कन्ट्राेल गर्ने निर्णय भएकाे बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । 

‘विरामीमा यहाँ -नेपालगञ्ज  ल्याउने लगायतका सन्दर्भमा समुदायको पर्याप्त साथ सहयोग नभएपछि निषेधित क्षेत्र घोषणा घोषणा गर्नु परेको हो’  उपाध्यायले भने ।

स्थिति नियन्त्रण बाहिर गएको भन्दै गाउँपालिकाले शनिबार मात्र सेना परिचालन गर्न माग गरेको थियो ।

नरैनापुरमा मात्रै ११४ जनामा कोरोना संक्रमित मध्ये एकको मृत्यु भएको छ ।  तर पछिल्लो समय संक्रमितलाई अस्पताल ल्याउन खोज्दा स्थानीयले प्रतिवाद गर्न थालेका छन् ।