प्युठानमा हुरीले घरका छाना उडायो

प्युठान,  जिल्लामा चलेको हुरीले तीन घरका छाना उडेका छन् । बतासबाट घर र गोठमा लाखौंको क्षति पुगेको स्थानीय बासिन्दाले जनाएका छन् ।

गएराति गौमुखी गाउँपालिका–६ लिवाङ फोपरेटाका शिवबहादुर खत्री र जमाने सामत तथा भदौरेरामका विष्णु परियारका घरमा गारोसमेत भत्केर छाना उडेको छ ।

आरुपाटाका डोरे खत्री र चन्द्रे सुनारका गोठमा लगाइएको टिनको पाता पनि उडेको गौमुखी गाउँपालिका–६ का वडाध्यक्ष लालबहादुर खत्रीले जानकारी दिए । उनकाअनुसार तीन घर र दुई गोठबाट छानामा लगाइएको टिनसहित करीब ६ लाखको क्षति भएको छ ।

छानो उडाएकामध्ये परियार र शिवबहादुरको गत वर्ष खरका छाना विस्थापन कार्यक्रमअन्तर्गत गौमुखी गाउँपालिकाको सहयोगमा निर्माण भएको थियो ।