डिल्लीबजार कारागारमा कैदीहरुबीच झडप
प्रकासित मिति : २०७७ जेष्ठ ११, आईतवार १०:३३
प्रकासित समय : १०:३३
काठमाडौंको डिल्लीबजार कारागारमा चौकीदार राख्ने विषयमा विवाद भएपछि कैदीहरुबीच झडप भएको छ। आइतबार (आज) बिहान विवाद हुँदा सामान्य झडप भएको र विस्तृत जानकारी आउन बाँकी रहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले जानकारी दिए।
प्रहरीका अनुसार कैदीबन्दीले कारागारभित्रै नाराबाजीसमेत गरेका थिए। कारागार कार्यालयमा भित्रबाट ताला लगाएर प्रदर्शन गरेको समेत जनाइएको छ।
महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख विश्वराज पोखरेलले चौकीदार राख्ने विषयमा विवाद हुँदा कारागारमा भित्रबाट ताला लगाएर प्रदर्शन भएको र अहिले प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइसकिएको जानकारी दिए।