आफ्नै कोठामा मृत भेटिए असई
प्रकासित मिति : २०७७ जेष्ठ ११, आईतवार १०:४२
प्रकासित समय : १०:४२
काठमाडौं, महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत असई आफ्नै कोठामा मृत भेटिएका छन् । प्रहरी सहायक निरीक्षक विष्णु कार्की आइतबार बिहान गाेली लागेकाे अवस्थामा काेठामा भेटिएका हुन् ।
काठमाडौं प्रहरीका अनुसार स्वयम्भु वृतको जुनियर अधिकृत ब्यारेकमा असइ पदमा कार्यरत दोलखा घर भएका कार्की आफ्नै कोठामा गोलि लागेको अवस्थामा मृत भेटिएका हुन् । गोली कसले र किन चलायो ?
भन्नेबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख श्यामप्रसाद ज्ञवालीले जानकारी दिए। कार्कीले आफैँलाइ गोलि हानेर आत्महत्या गरेको हुुनसक्ने प्रहरीको अनुमान छ ।