अस्पतालको झ्याल तोडेर भागे एक कोरोना संक्रमित

जनकपुर, प्रादेशिक अस्पताल जनकपुरधामबाट एक कोरोना संक्रमित व्यक्ति फरार भएका छन् । आइतबार विहानै आईसोलेसन कक्षमा रहेका एक संक्रमित व्यक्ति फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए ।

सर्लाहीका ती ४० वर्षिय संक्रमित व्यक्तिको मानसिक सन्तुलन गुमेको र पटक–पटक भाग्ने प्रयास समेत गर्दै आएका थिए । उनी झ्याल तोडेर फरार भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

उनको हाल खोजी भइरहेको छ । अहिले विशेष कोभिड अस्पतालको आईसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना संक्रमित गरी ४० भन्दा बढी उपचाररत छन् ।