अमेरिकामा कोरोना भाइरसले ९८ हजार ६७३ को मृत्यु
प्रकासित मिति : २०७७ जेष्ठ ११, आईतवार ०७:५१
प्रकासित समय : ०७:५१
काठमाडौं, कोरोना भाइरसको महामारीले अमेरिकामा ९८ हजारभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार २६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९८ हजार ६७३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २१ हजार ७५७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १६ लाख ६६ हजार ७३६ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये ४ लाख ४६ हजार ८६६ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख २१ हजार १९७ जनामध्ये १७ हजार १२५ जनाको अवस्था गम्भीर रहेको छ ।