दाङकाे गढवा गाउँपालिकालाई क्वारेण्टाइन ब्यवस्थानमा चटारो

देउखुरी ,  दाङ-देउखुरीकाे गढवा गढवा गाउँपालिकाका बिभिन्न वडाहरुमा विदेश लगायत देशका बिभिन्न ठाउँमा कार्यरत नागरिकहरु भित्रिन थालेपछि गाउँपालिकालाई क्वारेण्टाइन ब्यवस्थापनको चटारो परेको अध्यक्ष सहजराम यादवले बताएका छन् ।

जस अनुसार जनता माबि गढवामा ४० बेडको क्वारेण्टाइन निर्माण भै सकेको छ भने माबि चैनपुर र सरस्वती माबि गोबरडिहामा ३०/३० बेडका क्वारेण्टाइन धमाधम ब्यवस्थापन गरिदै छ । गढवाको क्वारेण्टाइनमा २१ जना रहेका छन् भने वडा स्तरमा पनि स्वदेशबाट भित्रिने नागरिकहरुलाई राख्न वडा स्तरका सामुुदायिक क्वारेण्टाइन बनाइदै गरेको गाउँपालिकाका प्रबक्ता बाबुराम अधिकारीले जानकारी दिएका छन् ।

यसैबीच गढवाका दुई स्थानमा थप बन्दै गरेका क्वारेण्टाइनको ब्यवस्थापनका लागि बुधबार प्रदेश नं. ५ का सांसद इन्द्रजित थारु र गाउँपालिकाका अध्यक्ष सहजराम यादवले स्थलगत अनुगमन तथा जिम्मेवारी हस्तान्तरण गरेका छन् । जस अनुसार वडा नं. ३ मा वडाध्यक्ष तुलसीराम अधिकारीको संयोजकत्व र वडा नं. ५ मा वडाध्यक्ष प्रकाश भण्डारीको संयोजकत्वमा क्वारेण्टाइन ब्यवस्थापन गरिन थालेको गाउँपालिकाले जनाएको छ ।