बाँकेमा २७ संक्रमित थपिएसंगै संक्रमितको संख्या १ सय ४२ पुग्यो
प्रकासित मिति : २०७७ जेष्ठ १०, शनिबार १६:५७
प्रकासित समय : १६:५७
नेपालगन्ज, बांँकेमा शनिबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नरैनापुर गाउँपालिकाकामा २७ जना थप संक्रमित भएका हुन ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान दाङमा गरिएको पिसिआर परिक्षणमा उनिहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ
बाँकेमा मात्र संक्रमितको संख्या अब १ सय ४२ पुगेको छ । ती मध्य २१ जना निको भएर घर फर्किसकेका छ्न भने एकजनाको निधन भैसकेको छ ।
पछिल्लो अपडेट अनुसार, बर्दिया र झपामा १-१, सुर्खेतमा ३, र बैतडी ४ जना नयाँ संक्रमीत थपिएका छन् । अब संक्रमितको संख्या देशभरी ५ सय ८४ जना पुगेको छ ।