दाङमा टिप्पर आताङ्क : सिमेन्ट उद्योगको विरुद्ध उत्रिए स्थानीय

दाङ,  लकडाउनबाट सिंगो मुलुक ठप्प भइरहँदा दाङको घोराहीमा टिप्पर आतङ्क सुरु भएको छ । घोराहीको बीच बजारबाट दिनहुँ सयौं टिप्परहरु हुइकिँदा जनजीवन प्रभावित बनेको छ ।

जिल्लाको तुलसीपुर–१८ दुधरासमा रहेको सोनापुर सिमेन्ट उद्योगको कच्चा पदार्थ बोक्ने टिप्पर दिनरात बीच बजारबाट हुइकिन थालेपछि स्थानीयहरु आक्रोशित भएका छन् । घोराही उपमहानगरपालिका वडानम्वर १४ र १५ का स्थानीयहरु शुक्रबार आन्दोलित भएका छन् । स्थानीयहरुले टिप्पर सञ्चालनमा रोक लगाएका छन् ।

सडकको क्षमता भन्दा बढी लोडका टिप्परहरु सडकमा गुड्दा सडक भत्किन थालेको, मापदण्ड विपरित टिप्परहरु सञ्चालनमा आएको भन्दै स्थानीयहरु बिरोधमा उत्रिएका छन् । स्थानीयहरुले सडकमा टिप्पर सञ्चालन गर्न नदिने जनाएका छन् ।