तालिबानका शीर्ष कमाण्डर हक्कानी कोरोना संक्रमित !
प्रकासित मिति : २०७७ जेष्ठ १०, शनिबार १०:२४
प्रकासित समय : १०:२४
एजेन्सी, तालिवानका उपनेता तथा हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दिन हक्कानी कोरोना संक्रमित भएका छन् । उनीसहित अन्य तीन कमाण्डर कोरोना संक्रमित भएको बताइएको छ । कोरोना संक्रमण भएपछि सिराजुद्दिन हक्कानीलाई पाकिस्तानको रावलपिन्डीस्थित एक अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
तालिबान कमान्डरहरु मुल्ला आमिर खान मुत्ताकी र फजल मजलुम समेत कोरोना संक्रमित भएका छन् । यी दुवै नेता तालिवान र अमेरिकाबीच जारी वार्तामा तालिवानका प्रतिनिधिका रुपमा काम गरिरहेका छन् ।
मुल्ला नुरुद्दिन तुरबी समेत तालिबानका दुई जेता रावलपिन्डी र क्वेटाको अस्पतालमा भर्ना भएको बताइएको छ । यद्यपि तालिबानले भने आफ्ना नेता कोरोना संक्रमित भएको भन्ने कुरालाई अस्वीकार गरेको छ । तालिवानका प्रवक्ता जबिउल्लाहले तालिवान नेताहरु सुरक्षित र स्वस्थ रहेको बताएका छन् ।