गढवाका एक वडाध्यक्षद्वारा एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई पिपीइ सेट प्रदान

देउखुरी,  दाङ-देउखुरीकाे गढवा गाउँपालिका वडा नं. ५ का अध्यक्ष तथा विपद ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई पिपिइ सेट प्रदान गरेका छन् । कोभिड १९ को प्रकोपबाट बच्न एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई खतराको सामना गर्नुपर्ने भएकोले वडा अध्यक्ष भण्डारीले पिपिइ सेट प्रदान गरेका हुन् ।

प्रदेश नं.५ का सांसद इन्द्रजित चौधरी र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले वडा अध्यक्षले ब्यवस्थापन गरेको पिपिइ सेट वडा न. ५ को कार्यालयमा पुगी एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरेका थिए ।

गढवा उद्योग बाणिज्य संघ, आयाम बहुउद्देश्यीय सहकारी संस्था, रेडक्रस उपशाखा गढवा र भूतपुर्व सैनिक संघले गढवा क्षेत्रमा संचालन गरेका एम्बुुलेन्स चालक तथा गढवा, गंगापरस्पुर, गोबरडिहा र राजपुरको स्वास्थ्यचौकीका लागि एक एक थान पिपिइ सेट बितरण गरिएको वडाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिई ।

कार्यक्रममा पत्रकारहरुलाई पनि समाचार संकलन गर्न बिभिन्न ठाउँमा डुल्दा कोभिड १९ को चुनौति हुने भएको भन्दै वडाध्यक्ष भण्डारीले गढवा क्षेत्रका दुइजना पत्रकारहरुलाई एक/एक डिब्बा मास्क प्रदान गरेका थिए । सो अवसरमा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रबिलाल आचार्य, नागरिक समाज देउखुरीका प्रबक्ता शंकर पाण्डेय, स्वास्थ्यकर्मीहरु र पत्रकारहरको समेत उपस्थिती रहेको थियो ।