कर्णालीमा पनि थपिए दुईजना कोरोना संक्रमित
प्रकासित मिति : २०७७ जेष्ठ १०, शनिबार १०:१६
प्रकासित समय : १०:१६
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ। कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबईमा -यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएका मध्ये दुई जनाको पोलिमेरीज चेन रियाक्सन (पीसीआर) गर्दा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रमालयले जनाएको छ।
कर्णालीमा पहिलो कोरोना संक्रमित दैलेखमा फेला परेका थिए।
संंक्रमित एक महिला र अर्का पुरूष हुन। उनीहरू दुबै जना भारतवाट विहिवार कर्णाली भित्रिएका हुन्। । सुर्खेतस्थित प्रयाेगशालामा गरिएकाे परीक्षणमा पाेजेटिभ देखिएपछि थप पुष्टीकाे लागि नेपालगंज पठाएकाे छ।
दुबै जनाकाे स्वास्थय अवस्था सामान्य रहेकाे र उनीहरूकाे प्रदेश अस्पतालमा उपचार भैरहेकाे छ। संंक्रमित महिलाका श्रीमान र उनका चार वर्षिय छाेरालाई निगरानीमा राखिएकाे प्रदेश स्वास्थ्य महाशाखाले जनाएकाे छ।