कपिलवस्तुका एकजना वडाध्यक्ष र पत्रकारमा पनि देखियो संक्रमण
प्रकासित मिति : २०७७ जेष्ठ १०, शनिबार ०९:५७
प्रकासित समय : ०९:५७
कपिलवस्तुका एक वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार शनिबार थपिएका कोरोना संक्रमितमध्ये एक जना वडाध्यक्ष पनि रहेका छन् ।
उनी वाणगंगा नगरपालिकामा रहेका छन् ।
यस्तै कपिलवस्तुमा अर्का एक जना पत्रकारमा कोरोना पुष्टि भएको छ । शुक्रबार मात्र दुई जना पत्रकारलाई कोरोना देखिएको थियो ।
वडाध्यक्ष र पत्रकारसहित कपिलबस्तुका ८ जनामा शनिबार कोारेना पुष्टि भएको छ । ६ जना वाणगंगा र २ जना बुद्धभूमिका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरुलाई अस्पताल लैजाने तयारी भइराखेको छ ।