दाङमा भारतबाट फर्किनेको संख्या ह्वातै बढ्यो, क्वारेन्टाईन बस्नेको संख्या ६ सय बढी
दाङ, पछिल्लो समय दाङमा क्वारेन्टाईनमा बस्ने नागरिकको संख्या ह्वातै बढेको छ । जिल्लाका स्थानिय तहले स्थापना गरेका क्वारेन्टाईनमा अहिले मानिसको संख्या बढ्दै गएको हो । कोरोना भाईरस संक्रमणको माहामारी भईरहेको समयमा अन्तरजिल्ला तथा देश बाहिरबाट आएका नागरिकलाई राख्नका लागी पालिकाहरुले छुट्टाछुट्टै क्वारेन्टाईन निर्माण गरेका छन् ।
कोभिड १९ दाङका फोकल पर्सन कमल चन्दका अनुसार जिल्लाभर रहेका क्वारेन्टाईनमा बस्ने संख्या हाल ५ सय ९६ पुगेको छ । विगतको तुलनामा यो संख्या ह्वातै बढेको हो । जसमा सवैभन्दा धेरै बंगलाचुली गाउँपालिकाले सन्चालन गरेको क्वारेन्टाईनमा १ सय ६४ जना रहेका छन् ।
यस्तै तुलसीपुरमा १ सय ६, घोराहीमा १ सय १९, राजपुरमा १०, राप्तमिा १ सय २०, गढवामा ३४, बबईमा ६, लमहीमा २६ र दंगीशरणमा ५ जना रहेको फोकल पर्सन चन्दले बताएका छन् ।नागरिकहरुको संख्या बढ्न थालेपछि हाल रहेका क्वारेन्टाईन अपुग हुने भएको छ ।
क्वारेन्टाईन विस्तार गदै
यता तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा क्वारेन्टाईनको अभाव हुन थालेपछि थप विस्तार गर्न लागीएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ का फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् । तुलसीपुर ४ मा रहेको क्वारेन्टाईनले मात्रै नपुग्ने भएपछि थप विभिन्न स्थानमा क्वारेन्टाईन बनाउने कार्य अघि बढाईएको फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।
जसमा पर्सेनी स्थित कालोखोला माध्यामिक विद्यालय , सेन्टर स्कुल तुलसीपुर, पवननगरको भ्युडहर लगाएतका स्थानमा क्वारेन्टाईन निर्माण गर्ने तयारी गरिएको छ । यस्तै तुलसीपुर ११को उरहरीमा रहेको अमर माध्यामिक विद्यालयमा क्वारेनटाईन बनाउने प्रक्रिया अघि बढीसकेको छ