दाङको कुइरेपानी क्वारेन्टाईन सिल : २६ जनाको स्वाब संकलन गर्ने तयारी
दाङ, दाङकाे घोराही उपमहानगरपालिका ३ कुइरेपानी स्थित क्वारेन्टाईनमा बस्दै आएका एक जनामा कोरोना संक्रमण देखिए पछि उक्त क्वारेन्टाईनलाई सिल गरिएको छ । यही जेठ ३ गते भारतबाट आई क्वारेन्टाईनमा बसेका घोराही ३ का ३७ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिए पछि सिल गरिएको हो ।
त्यहाँ क्वारेन्टाईनमा बस्दै आएका १३ जना, ७ जना स्वास्थ्यकर्मी, ५ जना प्रहरी र एक जना सुरक्षा गार्ड रहेका छन् । उक्त क्वारेन्टाईनबाट बाहिर निस्कन र थप व्यक्तिहरुप्रवेशमा रोक लगाईएको छ । त्यस क्वारेन्टाईनमा रहेका सबैको भोली स्वाब संकलन गरेर कोरोना परिक्षण गरिने घोराही उपमहानगरको जनस्वास्थ्य प्रर्बद्धन शाखाले जनाएको छ । यसैबिच कोरोना पुष्टि भएका व्यक्ति सँग आएका अन्यको पनि पहिचान गर्ने काम सुरु भएको छ ।
केही घोराहीका वडामा रहेका क्वारेन्टाईनमा बस्दै आएको र केही अन्य पालिकाका रहेको भन्दै उनिहरुको पहिचान गर्ने काम भैरहेको शाखाका कोरोना फोकल पर्सन विकेश रेग्मीले जानकारी दिए । संक्रमित व्यक्तिलाई भने गए राती नै कोरोना बिषेश अस्पताल बेलझुण्डिको आइसोलेसनमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।