पुर्व सांसद शाहले गरे कर्णालीलाई एक करोडको स्वास्थ्य सामग्री हस्तान्तरण

बिरेन्द्रनगर,  जाजरकोटबाट पूर्व सांसद तथा समाजसेवी राजिवविक्रम शाहले एक करोडका स्वास्थ्य उपकरण सहयोग गरेका छन् । कर्णाली प्रदेश सरकारलाई कोरोनाविरुद्धको लडाँइमा सघाउन कर्णाली प्रदेश अस्पतालसहित जिल्ला अस्पताललाई उपकरण सहयोग गरेका हुन् । उनले शुक्रबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा प्रदेश अस्पतालका प्रमुख डा. डम्मर खड्कालाई स्वास्थ्य उपकरण हस्तान्तरण गरे ।

ट्रस्टका अध्यक्ष समेत रहेका राजीवविक्रम शाहले शुक्रबार प्रदेश अस्पताललाई एउटा भेन्टिलेटरसहित पाँचवटा आइसीयू बेड, इसीजी मेसिन, प्यासेन्ट मनिटर लगायत अत्यावश्यक सामग्री हस्तान्त्ररण गरेका छन्।

त्यस्तै कालिकोट, दैलेख, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम र सल्यानका जिल्ला अस्पतालका लागि ३० लाख बराबरको प्यासेन्ट मनिटर, अक्सिजन कन्सन्ट्रेटर लगायतका सामग्रीसमेत हस्तानन्तरण गरेका हुन्।

कोरोना भाइरस प्रतिकार्यमा सहयोगका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको ट्रस्टका अध्यक्ष शाहले जानकारी दिए।