थप २० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ५०७

शुक्रबार थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमित कैलाली, डडेलधुरा, बैतडी, बाँके र मोरङका छन्।

अहिलेसम्म ४० जिल्लामा संक्रमण फैलिएको छ।

योसँगै संक्रमितको कुल संख्या ५०७ पुगेको छ। यसमध्ये ४३३ जना पुरुष र ७४ जना महिला छन्। संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ भने ७० जना निको भएर डिस्चार्ज भएका छन्।

बाँकेमा १४ जना संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरु मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् ।

शुक्रबारमात्रै २१ जना डिस्चार्ज भएका छन्।