कर्णाली सरकारले कोरोना संक्रमितको उपचारमा हेलचक्रयाँई गर्यो : क्रान्तिकारी माओबादी
सुर्खेत, कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा लापरबाही गरेकाे भन्दै बैद्य नेतृत्वकाे क्रान्तिकारी माओबादी दैलेखले आपति जनाएको छ । प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी मिसन अस्पताल रुकुम पश्चिममा कोरोना बिषेश अस्पतालमा राख्न छाेडेर बिद्यालयमा राखेकाे भन्दै आपति जनाएकाे हाे ।

आज एक बिज्ञप्ति जारी गर्दै क्रान्तिकारी माओबादी दैलेखले डब्लुएचओकाे मापदण्ड बिपरित काम गरेकाे भन्दै खेद ब्यक्त गरेकाे छ । बिरेन्द्र सिंह अशाेकद्वारा जारी बिज्ञप्तिमा गैर जिम्मेबार काम गरेकाे भन्दै भत्सर्ना समेत गरिएकाे छ ।
कोरोना संक्रमित भएका दैलेख आठबीस–१, का ३५ वर्षीय युवामा दैलेख सदरमुकाममा रहेको सरस्वती माध्यमिक विद्यालयको एक कोठामा राखिएको छ ।
कोरोना बिषेश अस्पताल बनाउनका लागि कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका प्रदेश अस्पताल सुर्खेतलाई एक करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई एक करोड र चौरजहारी मिसन अस्पताल रुकुम पश्चिमलाई ५० लाख रुपैयाँ प्रदेश सरकारले पठाएको छ ।
तर, कोरोना संक्रमित भएका एक जनालाई यी अस्पतालमा नराखेर विद्यालयमा राख्नु चरम लापरवाही भएको माओबादीले जनाएकाे छ ।

