कपिलवस्तुमा दुई पत्रकारलाई कोरोना संक्रमण

कपिलवस्तुका दुई पत्रकारलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बिहीबार कपिलवस्तुमा भेटिएका थप नौ संक्रमितमध्ये दुई जना पत्रकार रहेको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।

योसँगै कोरोना संक्रमित पत्रकारको संख्या ७ पुगेको छ। यसअघि पर्सामा दुई, जनकपुरमा एक,उदयपुरमा एक र बारामा एक पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

आज थपिएका दुई पत्रकार बाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ र २९ वर्षीय पुरुषहरु हुन । यस्तै बिहिबार बुटवलको प्रदेश सभा सचिवालयमा भएको आरडीटी परीक्षणमा प्रदेश ५ का दुई सांसदको नतिजा पोजिटिभ आएपछि उनीहरुको पीसीआर परीक्षण गरिने भएको छ। उनीहरुमध्ये एक जना बाँके र एकजना रुपन्देहीका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहान ९ बजे सम्म नेपालमा कुल ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएकाे छ ।