उडान खुले लगत्तै नेपाल भारत सीमा विवादबारे वार्ता हुने

काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता मितिका लागि पहल गरेपछि भारतले तिथि स्पष्ट नभने पनि अन्तर्राष्ट्रिय उडान खुले लगत्तै वार्ता गर्ने अनौपचारिक जानकारी दिएको छ।

भर्चुअल वार्ताका बारेमा नेपालले राखेको प्रस्तावलाई भने भारतले अस्वीकार गर्दै यो विषय बसेर छलफल गर्नुपर्ने स्पष्ट पारेको छ। ‘अन्तर्राष्ट्रिय उडान खुलेको एक दुई दिनमा नै हामी वार्तामा बस्नेछौं’, भारतको अनौपचारिक धारणा उद्धृत गर्दै परराष्ट्रका एक अधिकारीले जानकारी दिँदै भने, ‘नेपाल भारत सीमाको अधिकतम विषय वार्ताबाट नै समाधान भएकाले विवाद रहेको सुस्ता र कालापानी क्षेत्र बारे हामी पुनः वार्ता गरी टुंगोमा पुग्नुपर्छ।’ आजको अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित छ ।