दाङकाे राप्ती गाउँपालिकामा २१ जनाको रिपोर्ट नेगेटिभ

भालुवाङ,  दाङकाे राप्ती गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका २१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने भारत र जिल्ला बाहिरबाट राप्ती गाउँपालिकामा अाएका ८ जनालाई बिहीबार क्वारेन्टाइनमा भर्ना गरिएको छ ।

भारतबाट आई सर्वोदय मावि सिसहनियाँ क्वारेन्टाइनमा बसेका बंगलाचुलीका १, राप्ती गाउँपालिका वडा नम्बर ६ का ३ र वडा नम्बर ९ का २ जना गरी ६ जना २० देखि ४१ वर्ष उमेरका पुरूषको रिपोर्ट नेगेटिभ आएको छ । त्यसै गरि भारतबाट आई दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयाको क्वारेन्टाइनमा बसेका राप्ती गाउँपालिका वडा नम्बर ९ का १५ देखि ४५ वर्ष उमेरका ११ जना पुरूषहरूको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

भने नेपालगञ्ज र भारतबाट आई ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाको क्वारेन्टाइनमा बसेका राप्ती गाउँपालिका वडा नम्बर १ का २ जना र वडा नम्बर २ का २ जना गरि २० देखि ४२ वर्ष उमेरका ४ जनाको रिपोर्ट नेगेटिभ आएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । क्वारेन्टाइनमा बसेका २१ जनाको स्वाव संकलन गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परिक्षण गर्दा २१ जनाकै रिपोर्ट नेगेटिभ आएको हो ।

उनीहरू सवैलाई सुरक्षित तरिकाले होम क्वारेन्टाइनमा बस्न सुझाव दिएर बिदाई गरिएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् । यसैबीच बुधबार भारतबाट राप्ती गाउँपालिकामा आएका वडा नम्बर ७ का २० र ६० वर्ष उमेरका २ जना पुरूषलाई सर्वोदय मावि सिसहनियाँको क्वारेन्टाइनमा भर्ना गरिएको छ ।

त्यसैगरी कपिलवस्तु र रूपन्देहीबाट राप्ती गाउँपालिका नम्बर १ का २ जना, वडा नम्बर २ का २ जना गरी २८ देखि ६२ वर्ष उमेरका १ महिला र ३ पुरूष गरी ४ जनालाई ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटिया क्वारेन्टाइनमा र भारतबाट राप्ती गाउँपालिका वडा नम्बर ४ मा आएका ३० देखि ३४ वर्ष उमेरका २ जना पुरूषलाई मावि माैरीघाटको क्वारेन्टाइनमा भर्ना गरिएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् ।

राप्ती गाउँपालिकामा आएका उनीहरू सवैको स्वास्थ्य चेकजाँच गरि भर्ना गरिएको छ । अहिले सम्म १० वटा क्वारेन्टाइनमा १ सय २० जना व्यक्तिहरू रहेका छन् । स्थापना गरिएको क्वारेन्टाइनमा कुल २ सय ९ वेड रहेको छ ।