सांसद चाैधरीद्वारा सञ्चारकर्मीलाई पिपिई सहितको सामाग्री प्रदान

भालुवाङ , प्रतिनिधि सभाकी सदस्य सांसद गंगा चौधरी९सत्गौवा०ले राप्ती र गढवा गाउँपालिका भित्रका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूलाई बिहीबार स्वास्थ्य सामाग्री प्रदान गरेकी छिन् । स्वास्थ्य मन्त्रालयबाट प्राप्त ३ लाख १० हजार मुल्य बराबरको १५ वटा पिपिई,५ हजार पिस सर्जिकल मास्क,४ सय जोडी पन्जा र ५ सय एमएलको २० बोतल सेनिटाइजर प्रदान गरेकी हुन् ।

विश्व व्यापीरूपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को बढ्दो जोखिमलाई ध्यान दिदै अग्रपंक्तिमा रहेर स्वास्थ्य उपचारमा खटिने स्वास्थ्यकर्मी, सुरक्षामा खटिने सुरक्षाकर्मी र रिपोर्टिङमा खटिने सञ्चारकर्मीहरूलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन सो सामाग्री प्रदान गरेको प्रतिनिधि सभा सदस्य चौधरीले बताएकी छिन् ।

यसै क्रममा बिहीबार राप्ती गाउँपालिकाको सिसहनियाँ स्वास्थ्य चौकी, लालमटिया स्वास्थ्य चौकी, सशस्त्र प्रहरी ज्वालामाई गण भालुवाङ, इलाका प्रहरी कार्यालय भालुवाङ,अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङ, प्रहरी चौकी सिसहनियाँ, लालमटिया, मसुरीया र सिसहनियाँमा रहेको प्रहरी विट, निलसागर सेवा आश्रम पिपरी र पत्रकारहरू ओमप्रकाश गुप्ता, विदुर एमसीलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

राप्ती गाउँपालिकामा मात्रै ८ वटा पिपिई,४० प्याकेट सर्जिकल मास्क,२ सय जोडी पन्जा र ५ सय एम।एलको १० बोतल सेनिटाइजर प्रदान गरिएको छ । स्वास्थ्य सामाग्री वितरण नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का जिल्ला सदस्य तथा राप्ती गाउँपालिका इन्चार्ज किरण भण्डारी र नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० राप्ती गाउँपालिकाका सचिवालय सदस्य ओमनाथ बञ्जाडेले गरेका थिए । यता गढवाको इलाका प्रहरी कार्यालय, गढवा, गोवरडिहा, गंगापरस्पुर स्वास्थ्य चौकी,गढवा तथा राजपुरका ८ वटा एम्बुलेन्स र पत्रकार शिवराज पन्थी,दखहरण यादवलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

गढवामा १० वटा पिपिई,२५ सय पिस सर्जिकल मास्क,३ प्याकेट पन्जा र ५ सय एम।एलको १० बोतल सेनिटाइजर प्रदान गरिएको छ । गढवामा स्वास्थ्य सामाग्री वितरण प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य इन्द्रजित चौधरी,गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव,नागरिक समाज गढवाका संयोजक मोहनकुमार पाण्डे,गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्य,गढवा गाउँपालिका ५ नम्बर वडा अध्यक्ष प्रकाश भण्डारी,आयम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश बस्याल र स्वास्थ्यकर्मीहरूको सहभागीतामा भएको थियो ।