भारतबाट दाङका ३८० जनालाई उद्दार

दाङ , भारतमा अलपत्र परेका दाङका ३८० जनालाई बुधबार साँझ जिल्ला भित्र्याईएको छ । भारतमा मजदुरी गर्न गएका उनीहरुलाई दाङ भित्राईएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए ।

उनीहरुलाई सम्बन्धित स्थानीय सरकारको क्वरेन्टाइनमा राखिएको छ । जमुनाहा नाकामा आएका उनीहरुलाई सम्बन्धित पालिकाको समन्वय दाङ भित्र्याईएको हो ।

साथै विहीबार पनि भारतमा अलपत्र परेकाहरुलाई दाङ ल्याइदैछ । प्रजिअ रिजालका अनुसार अहिले भारतमा दाङका ७ हजार बढि मजदुर अलपत्र रहेको पाईएको छ ।