खानामा बिष हाल्ने तिन जना अभियुक्तलाई प्रहरीले गर्यो सार्वजनिक

डोल्पा, जिल्ला प्रहरी कार्यलय डोल्पाले खानामा बिष हाल्ने तिन जना अभियुक्तहरुलाई पत्रकार सम्मेलन गरी विहिवार सार्वजनिक गरेको छ । यही गत जेष्ठ २ गते खानामा बिष हाल्ने डोल्पाको त्रिपुरासुन्दी नगरपालीका वडा नं  १ रल्लीका बर्ष ३७ का धन बहादुर बुढा, वडा नं १ गल्ली का बर्ष ३० का जय बहादुर कठायत र वडा नं १ रल्ली बर्ष ३५ का ओम बहादुर शाहीलाई अनुसन्धानको क्रममा पक्राउ गरी सार्वजनिक गरेको हो ।

यस्तै अभियुक्तहरुको विछ्याउन मुनी राखीएको करिव एक दर्जन भन्दा बढी बिष ९औषधी० का जरा,बिषलाई पकायर राखेको एक थान पलाष्टीकको बोतल बरामत गरीएको छ । बिष हालेको खाना खादा यहि गत जेष्ठ २ गते त्रिपुरासुन्दरी नगरपालीका वडा नं। १ रल्ली का बर्ष ३२ का सुकलाल कुलालको मृतु भएको र मृतक कुलालकी जेठी श्रीमती बर्ष २८ की रुपसी कुलाल र कान्छी श्रीमती बर्ष २७ की बिन्दु कुलालको उपचार पछि नेपालगन्ज बाट घर फर्कीसकेको जिल्ला प्रहरी कार्यलय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण रन्जीतकारले बताए ।

प्रहरी नायव उपरीक्षक रन्जीतकारले भने, घटना घटे लगतै आफु त्रिपुराकोट जादा मृतक सुकलाल कुलालकी बुढा आमा र बुवाले दुवै श्रीमती सवै परिवार मिलेर बस्दै आएको तर यस्मा कसैको सड्यन्त्र भएको भन्दै हत्यारा पत्ता लगाउन आग्रह गरे प्रहरीको विशेष अनुसन्धानमा तिन जनालाई पक्राउ गरिएको र बाकीँ आनुसन्धान कार्य जारी रहेको छ ।

अनुसन्धानको क्रममा अभियुतmहरु जय बहादुर कठायतले विषादी जडीबुटी बिष बन बाट ल्याएको धन बहादुर बुढाले बिषदी जडीबुटी पकाएर दाल पकाएको भाडोमा मिसाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यलय डोल्पाका प्रमुख डिएसपी नारायण रन्जीतकारले बताए । अर्का अभियुक्त ओम बहादुर शाहीले भने यस घटनामा आफु संगलग्न नरहेको बताए पनी अर्का दुई अभियुक्तहरु धन बहादुर बुढा र जय बहादुर कठायतले भने ओम बहादुर शाहीले पैसा दिएर बिष हाल्न लगाएको बयान दिएको प्रहरी प्रमुख रन्जीतकारले बताए ।

अनुसन्धानको क्रममा मृतक कुलालका सवै परिवारलाई मार्ने उदेश्यले योजना बनाएको तर मृतक कुलालले अलि धेरै खाए पछी वान्ता भएको र अन्य परिवारले थोराथोरा खाना खाएको कारण साथै प्रमुख जिल्ला अधिकारी र डोल्पा जिल्ला बाट निर्वाचीत सँसदहरुको पहलमा हेलीद्धारा उद्धार गर्दा कुलालकी दुई श्रीमतीलाई बचाउन सकीएको प्रनिउ रन्जीतकारले बताए ।

हाल उपचार पछी त्रिपुराकोटमा रहेको क्वारिनटाईनमा मृतक कुलालकी दुई श्रीमतीलाई राखीएको जनाईएको छ  । कुन बिषयका कारण यस्तो घटना भएको भन्ने विषय अझै नखुलेको हुदा अभियुतm तिन जनालाई थप अनुसन्धानको लागी हिरासतमा राखिएको छ । यस घटनाको बारेमा प्रहरीले अझै विशेष अनुसन्धान गरी रहेको जनाएको छ ।