मुगुको खत्याड गाउँपालिकाले गर्यो भारतमा रहेका आफ्ना नागरीकको उद्धार
गमगढि, मुगुको खत्याड गाउँपालिकाले भारतमा रहेका आफना नागरीकहरुलाई उद्धार गरेको छ । खत्याड गाउँपालिकाले भारतमा अलपत्र परेका करिब ४४ जना नागरीकलाई उद्धार गरेको हो ।
गाउँपालिकाले आबश्यक प्रक्रिया पुरा गरी उद्धार गरिएको गाउँपालिका अध्यक्ष उब्जन बहादुर शाहीले जानकारी दिए । अध्यक्ष शाहीका अनुसार ३९ जना खत्याड गाउँपालिका र ५ जना सोरुका रहेका छन । उनिहरुलाई सबै प्रक्रिया पुरा गराएर क्वारेन्टाइनमा राखिने बताइएको छ । अध्यक्ष शाहीले उनिहरुलाई गाउँपालिकाले तयार पारको बाउपानी, झुगला र छोटे लगायतका ठाउका क्वारेन्टाइनमा राखिने बताए ।
साथै देश भित्रका आफ्ना नागरीक जहाँ छ्न त्यही राहतको ब्यबस्थापन गरेको खत्याड गाउँपालिकाले यतिबेला भारतमा अलपत्र नागरीकको उद्धार गरेको अध्यक्ष शाहीले बताए । अप्ठयारो परस्थीतिलाई गाउँपालिकाले मनन गरेको र यो चुनौतिको मुकाबिला गर्न तत्पर रहेको समेत जिकिर गरे । त्यस्तै अध्यक्ष शाहीले बाहिरबाट आएका नागरीकहरुका लागि क्वारेन्टाइन तयार पारेको समेत जानकारी दिए ।
उनले केहि राजनितिक दलहरुले सस्तो लोकप्रियताका लागि प्रक्रिया नपुर्याएर मान्छे ल्याएर माहामारीको समयमा असहज गराएको गुनाशो समेत गरे । सबै राजनितिक दल तथा सामाजिक अभियान्ताहरूले गाउँपालिकासंग समन्वय गरेर जानुपर्ने उनकाे भनाइ छ ।
खत्याड गाउँपालिकाले केहिदिन अगाडि कोरोना भाइरसका कारण लकडाउनमा परि समास्यामा परेका काठमाडाैँ, नेपालगन्ज, काेहलपुर लगायतका ठाउँमा रहेका आफना नागरीकहरुलाई राहत स्वरुप २५ सय नगद बराबरकाे राहत सामाग्री उपलब्ध गरेको थियो ।
साथै अध्यक्ष शाहीले यो जटिल परिबेशमा सहयोग गरि ब्यवस्थापनमा खटिने सबैलाई धन्यबाद समेत प्रकट गरेका छन ।