सरकारले नयाँ नक्सा जारी गरेको उपलक्ष्यमा दीपप्रज्वलन
प्रकासित मिति : २०७७ जेष्ठ ८, बिहीबार ०८:२७
प्रकासित समय : ०८:२७
नेपालगन्ज, बाँके सरकारले लिम्पियाधुरा लिपुलेखको नयाँ नक्सा सार्बजानिक गरेको भन्दै बाँकेमा दीप प्रज्वलन गरिएको छ । अतिक्रमित भुमि लिम्पीयाधुरा, लिपुलेख सहितको भुमि नक्सामा समेटिएको भन्दै युवाहरुद्धारा दीपप्रज्वलन गरिएको हो ।
सरकारले १८१६ को सुगौली सन्धिमा भएको सम्झौता अनुरूपकै भूभागलाई समेटेर आफ्नो नयाँ राजनीतिक एवं प्रशासनिक नक्सा बुधबार सार्वजनिक गरे लगत्तै बाँकेका युवाहरुले खुशियाली मनाएका हुन ।
बाँकेको जानकिगाउपालिका वार्ड न ३ का राष्ट्रिय युवा संघ नेपाल का युवा नेता जीत शेष र वार्ड ३ का नेकपाका सयोजक हुसेनी यादव सहसयोजक आबद सिद्दिकी लगायत युवाहरुले खुशीका साथ सर्वाजनिक भएको नयाँ नक्सा र नेपालको झन्डा बनाएर दिप प्रज्वाल गरेका हुन ।