भारतमा ३ हजार ४३४ को मृत्यु ,१ लाख १२ हजार संक्रमित

काठमाडौं, भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख १२ हजार नाघेको छ ।  भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ४३४ जनाको मृत्यु भएको छ ।

एकै दिन थप ५ हजार ५५३ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख १२ हजार २८ पुगेको हो ।  पछिल्लो २४ घण्टामा त्यहाँ थप १३२ जनाको मृत्यु भएको छ । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।