झापा र रुपन्देहीसहित ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३
काठमाडौं, नोभेल कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन् । नयाँ कोरोना संक्रमित थपिनेमा एक जना रुपन्देही र ८ जना झापाका रहेका छन् । जसमा यसअघि बिहीबार बिहान १७ जनामा कोरोना संक्रमण देखिएको थियो । कुल कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ ।
हालसम्म ३८ जिल्लामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये प्रदेश १ मा ८४ जना, प्रदेश २ मा १ सय ३६ जना, बागमतीमा २६ जना, गण्डकीमा ४ जना, प्रदेश ५ मा १ सय ९७ जना, कर्णालीमा १ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भएका छन् ।
बिहीबार नै बुटवलको क्रिमसन अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका छन् ।
पीसीआरबाट विधिबाट हालसम्म ३८ हजारको कोरोना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ७८हजार ६९५ को कोरोना परीक्षण गरिएको छ ।
देशभर हालसम्म २५ हजार ३० जना क्वारेन्टाइनमा रहेका छन् । बिहीबार चारजना टेकु अस्पतालबाट डिस्चार्ज भएका छन् । ४८९ जना डिस्चार्ज भएका छन् ।