जाजरकोट खलंगामा तीन सय बेडको क्वारेन्टाइन बनाइँदै
जाजरकोट, जाजरकोट खलंगामा तीन सय बेडको सय बेड क्षमताको क्वारेन्टाइन बनाउइने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जाजरकोट सदरमुकाम खलंगामा तीन सय बेड क्षमताको क्वारेन्टाइन बनाउइने भएको हाे ।

छिमेकी देश भारत र अन्य देशबाट आएकालाई राख्नको लागि क्वारेन्टाइन बनाउन लागिएको बताइएकाे छ । जिल्लाका सातवटै पालिकाले सयुक्तरुपमा जिल्ला सदरमुकाम खलंगामा तीन सय बेडका क्वारेन्टाइन निर्माण गर्न थालेका हुन् । सदरमुकामस्थित त्रिभुवन मावि र भेरी ज्ञानोदय क्याम्पसमा तिन सय क्षमताको क्वारेन्टाइन बनाइने छ ।
जिल्ला समन्वय समितिको पहलमा सदरमुकाममा बसेको स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकाय, स्वास्थ्य लगायतका सरोकारवाला निकायको बैठकले तत्काल उक्त स्थानमा क्वारेन्टाइन बनाउने निर्णय गरेको जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले जानकारी दिए ।
सदरमुकाममा स्थापना गरिने क्वारेन्टाइनमा बस्नेको संख्या क्षमता भन्दा बढि भएमा सम्बन्धित पालिकाले आफै व्यवस्थापन गरिने भएको छ ।
निर्णय भएसँगै नेपाली सेना र शसस्त्र प्रहरीका जवान क्वारेन्टाइन निर्माणमा जुटेका छन् । तर स्थानीयले सदरमुकाममा जिल्लाभरका मानिस राख्ने कुराको विरोध गरेका छन् । कोरोनाको जोखिम बढ्ने भन्दै स्थानीयले सम्बन्धित पालिकामा नै क्वारेन्टाइनको व्यवस्था गर्न आग्रह गरेका छन् ।

