अमेरिकामा कोरोनाको संक्रमणले ९४ हजार ९१८ को मृत्यु

काठमाडौं , साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९४ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ३८५ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९४ हजार ९१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ६६९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख ९१ हजार २५२ पुगेको छ ।अमेरिकामा संक्रमितमध्ये ३ लाख ७० हजार ५७ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख २६ हजार २७७ जनामध्ये १७ हजार ८१० जनाको अवस्था गम्भीर रहेको छ ।