सम्राट सिमेन्ट उद्योगले दादागिरी गरेको भन्दै स्थानीय आन्दोलित

भालुवाङ,  सरकारले केही दिन यता गरेको लकडाउन पालना नगरेको तथा सावधानी नअपनाएको भन्दै दाङको एक सिमेन्ट उद्योग विरूद्व स्थानीयले आन्दोलित भएका छन् । दाङ देउखुरीको लमही नगरपालिका ७ मा रहेको सम्राट सिमेन्ट उद्योगले जारी लकडाउनको उलंघन गरेको स्थानीयले आरोप लगाएका छन्।

लकडाउन उल्ङघन गरेको भन्दै सिमेन्ट उद्योगमा प्रवेश गर्ने सडक अवरुद्ध गरेर स्थानीयबासीले बिरोध प्रदर्शन गरेका छन् ।सिमेन्ट लिनको लागि देशका विभिन्न जिल्लाबाट ट्रक तथा टिप्पर आएका छन्।

कम्पनीमा डेढ सय भन्दा बढी मालबाहक ट्रकहरुमा आएका तीन सयभन्दा बढी चालक, परिचालकहरुलाई सेनिटाइजर, पञ्जा, मास्क जस्ता स्वास्थ्य सुरक्षा सामाग्री छैन, स्थानीय आशिष देवकोटाले भने, ‘मालबाहक ट्रकमा आएका मजदुरहरु गाँउमा हिँडडुल गर्छन्। हामीलाई त्रास थपिएको छ।