राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा भर्ना हुनेको संख्या बढ्दै

भालुवाङ,  दाङको राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा भारत र जिल्ला बाहिरबाट आउने व्यक्तिहरूले दैनिक रूपमा भर्ना हुनेको संख्यामा वृद्धि हुन थालेको छ । मंगलबार भारत,कपिलवस्तु र नेपालगन्जबाट आएका ६० जना व्यक्ति हरूलाई क्वारेन्टाइनमा भर्ना गरिएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर २ का १ जना भारतबाट र २ जना बुटवलबाट आएका ३ जना पुरूषलाई ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटिया क्वारेन्टाइनमा भर्ना गरिएको छ ।

त्यस्तै वडा नम्बर ३ का २ जना भारतबाट आएका पुरूषलाई नवज्योती आधारभुत विद्यालय सिरिचौर मसुरीया क्वारेन्टाइनमा, वडा नम्बर ५ का नेपालगन्जबाट आएका १ महिला र २ पुरूष गरि ३ जनालाई नुतन बाल उद्यान सिंगे क्वारेन्टाइनमा र वडा नम्बर ६ का कपिलवस्तुबाट आएका २१ जना महिला र ३१ जना पुरूष गरि ५२ लाई ज्ञानोदय मावि पत्थरगढवा क्वारेन्टाइनमा भर्ना गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

उनीहरूलाई सिसहनियाँ र लालमटिया स्वास्थ्य चौकीमा स्वास्थ्य चेकजाँच गरि क्वारेन्टाइनमा भर्ना गरिएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् । यो सँगै राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा बस्ने व्यक्तिहरूको संख्या १३१ पुगेको छ ।