जाजरकोटका करिब १ सय नागरीक भारतमा अलपत्र

जाजरकोट, जाजरकोटका बिभिन्न पालिकाका करिब १ सय नागरीक भारतमा अलपत्र परेका छन । जाजरकोट कुशे गाउँपालिका, छेडागाड र भेरी नगरपालिकाका ९५ जना नागरीक भारतमा अलपत्र परको हुन ।

भारतको उत्तराखण्ड अलमुढा बिन्दामा अलपत्र परेको उनिहरुले जानकारी दिएका छन । उनिहरुले कोरोनामा भाइरसको माहामारीमा परि अलपत्र परेको जानकारी दिए ।

१० दिनदेखि खाना बस्न समेत अप्ठयारो भएको उनिहरुको भनाइ छ । सरकारले भारतमा रहेका नागरिकहरूकाे ब्यवस्थापन तथा उद्भार गर्ने बताएसंगै बनमन्त्री शक्ति बस्नेतलाई कर्णाली प्रदेशको समन्वय गर्ने जानकारी दिएको छ ।