होटललाई क्वारेन्टिन बनाउने विषयमा विवाद, प्रहरी र स्थानीयबीच झडप
प्रकासित मिति : २०७७ जेष्ठ ७, बुधबार २०:३९
प्रकासित समय : २०:३९
पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित बाबा होटललाई क्वारेन्टिन बनाउनुपर्ने विषयमा प्रहरी र स्थानीयबीच झडप भएको छ।
घना बस्नी रहेको टोलमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै स्थानीयले होटललाई क्वारेन्टिन बनाउन दिएका छैनन्। यता प्रहरीले होटलमै क्वारेन्टिन बनाइनुपर्ने बताउँँदै आएको छ।
भारतमा रहेका नेपाली नागरिकलाई ल्याएर वीरगन्जमै क्वारेन्टिन बनाएर राख्नुपर्ने भएकाले वीरगन्ज महानगरपालिकाकाले होटललाई क्वारेन्टिन बनाउने तयारी गरेको थियो ।
प्रहरीले उक्त ठाउँलाई सफा बनाउन लागेको छ भने स्थानीय बनाउन नदिने पक्षमा विरोध गरिरहेका छन्।