मनीषा कोइरालाको एउटा ट्वीटले भारतीय मिडिया हंगामा

काठमाडाैँ, अभिनेत्री मनिषा कोइराला एक ट्वीटका कारण भारतीय मिडियामा हंगामा मच्चिएकाे छ । नेपाल-भारत सीमा विवादमा नेपालको पक्षमा ट्वीट लेखेको भन्दै भारतीय ट्वीटर प्रयोगकर्तादेखि सञ्चारमाध्यमले उनीविरुद्ध खनिन थालेका छन् ।  भारतीय सञ्चारमाध्यमले उनकाे लज्जास्पद आलोचना गरेका छन् । 

मन्त्रिपरिषद्ले नेपालको नयाँ नक्सा स्वीकृत गरेसँगै कोइरालाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई आवश्यक कदम उठाएकोमा धन्यवाद व्यक्त गरेकी थिइन्।

उनले लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

यस विषयमा भारतका साना देखि ठुला मिडियाहरुले त्यसको प्रतिरोध गरिरहेका छन् ।

उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नयाँ नक्सा जारी गर्ने निर्णयबारे गरेको ट्वीटमा प्रतिक्रिया व्यक्त गर्दै धन्यवाद व्यक्त गरेकी थिइन् । सो विषयमा भारतीय सञ्चारमाध्यम र ट्विटर प्रयोगकर्ताले उनीविरुद्ध तुच्छ टिप्पणी गरेका छन् ।

मन्त्री ज्ञवालीले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय’ भन्दै ट्वीट गरेका थिए। सोही ट्वीटलाई रिट्वीट गर्दै मनीषाले लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बढाएकोमा धन्यवाद । अब तीन महान् देशबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको आशा गर्दछु।’

त्यसपछि भारतीय सञ्चारमाध्यम तथा ट्विटर प्रयोगकर्ता विपक्षमा देखिएका हुन् भने नेपालीहरूले मनीषाकाे पक्ष लिएका छन् । भारतीय टीभी च्यानल एबीपी न्यूजले त उनको ट्वीटलाई नै लिएर समाचार बनायो, जसमा भनिएको छ, ‘भारतको नुन खाएर चीनको गीत गाउने ?’ आफूविरुद्ध नकारात्मक टिप्पणी गरेपछि नायिका मनीषाले कुनै प्रतिक्रिया दिएकी छैनन् ।