भारतमा मृत्यु हुनेको संख्या ३ हजार ३०३ पुग्यो
प्रकासित मिति : २०७७ जेष्ठ ७, बुधबार ०७:२९
प्रकासित समय : ०७:२९
काठमाडौं, भारतमा कोरोना भाइरसकाे संक्रमनबाट मृत्यु हुनेकाे संख्या ३ हजार ३०३ पुगेकाे छ
एकै दिन थप ६ हजार १४७ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख ६ हजार ४७५ पुगेको हो ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप १४६ जनाको मृत्यु भएको छ । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्याइएको छ ।