ब्राजिलमा कोरोनाको संक्रमणले १७ हजार ९७१ को मृत्यु
प्रकासित मिति : २०७७ जेष्ठ ७, बुधबार ०७:३४
प्रकासित समय : ०७:३४
काठमाडौं , कोरोना भाइरसको महामारीले ब्राजिलमा १७ हजार ९७१ को मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ११८ जनाको मृत्यु भएको छ । १६ हजार २६० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ६२८ पुगेको छ ।
१ लाख ४६ हजार ८६३ जनाको उपचार भइरहेको छ भने १ लाख ६ हजार ७९४ जना संक्रमण मुक्त भएका छन् । उपचारारतमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।