बिरामीको हेरचाह गर्न छाडेर सामूहिक राजीनामा दिदै नर्सहरू
पश्चिम बंगालका निजी अस्पतालमा काम गर्ने बाहिरी राज्यका नर्सहरू सामूहिक रूपमै पलायन हुन थालेपछि त्यहाँ गम्भीर समस्या पैदा भएको छ । पश्चिम बंगाल कोरोना संकटभन्दा पहिलेदेखि नै आधारभूत स्वास्थ्य ढाँचाको कमीसँग जुधिरहेकाले नर्सहरूको पलायनले थप समस्या निम्तिएको हाे । अर्कोतिर कोरोना महामारी नियन्त्रणका लागि ममता बनर्जी सरकारको तरिकालाई लिएर आलोचना भइरहेको छ ।
सरकारले कोलकाताका विभिन्न निजी अस्पताललाई पत्र लेखेर काम छाडेर जाने नर्सहरूको विवरण र पलायनपछिको अवस्थाबारे रिपोर्ट माग गरेको छ । पछिल्ला केही दिनमा मात्रै मणिपुर, मिजोरम, त्रिपुरा र उडिसा राज्यका ६ सयभन्दा बढी नर्स काम छाडेर आफ्नो गृहराज्य फर्किएका छन् ।
नर्सको सामूहिक पलायनको क्रम बढेको छ । राज्य सरकारले कोरोना संक्रमितका लागि कोलकाताका जुन ६८ वटा अस्पताल तयार गरेको थियो, त्यसमध्ये ५२ वटा निजीक्षेत्रका छन् ।
बाहिरी राज्यका नर्स काम छाडेर गएपछि बढ्दो संकटबाट भएको समस्याका बारेमा निजी अस्पतालको संगठन एसाेसिएसन अफ हस्पिटल्स अफ इस्टर्न इन्डिया (एएचईआई) ले मुख्यमन्त्री ममता बनर्जीलाई एक पत्र लेखेर यस विषयमा हस्तक्षेप गर्न आग्रह गरेको छ ।
सो संगठनले गृहराज्यमा राम्रो अफर पाएका कारण नै नर्सहरू पलायन भएको बताएको छ । यसअघि मणिपुरका मुख्यमन्त्री एन बीरेन सिंहले राज्यका नर्सलाई तत्काल फर्किनका लागि एड्भाइजरी जारी गरेका थिए ।
यसको कारण भनेको मणिपुुरका ३ सयभन्दा बढी नर्सको फिर्तिका लागि सरकारले बस र यात्राका लागि आवश्यक कागजात समेत तयार गरेको थियो । तर बीरेन सिंहले यो आरोप निराधार रहेको बताए । उनले सरकारले यस्तो कुनै एड्भाइजरी जारी नगरेको दाबी गरेका छन् । उनले नर्सहरूले फर्किन चाहेका कारण सरकारले व्यवस्था गरेको उनको दाबी थियो ।
तर, रोजीरोटीका लागि आफ्नो घरबाट हजारौँ किलोमिटर टाढा आएर वर्षौदेखि काम गरिरहेका नर्स कोरोना भाइरसको महामारीको दुई महिनापछि किन सामूहिक रूपमा आफ्नो भइरहेको नोकरी छाडेर घर फर्किरहेका छन् ?
यसरी आएकामध्ये केहिले जागिर र तलबको अनिश्चितताका साथै सामाजिक विभेदका कारण फर्किन बाध्य भएको बताएका छन् । पूर्वोत्तरमा रहने यी नर्सलाई उनीहरूको घर आसपासका मानिसहरूले बोलाउन थालेका थिए ।
नर्सको सामूहिक पलायनका कारण खासगरी कोलकाताका निजी अस्पतालमा स्वास्थ्यकर्मीको ठूलो अभाव भएको छ । यी अस्पतालमा औसतमा ७० प्रतिशत पूर्व राज्यका नर्सहरू रहेका छन् ।
नर्सहरूको पलायतको सिलसिला जारी रहँदा निजी स्वास्थ्य क्षेत्रको आधारभूत ढाँचा नै ठप्प हुने खतरा बढेको छ । कतिपय नर्स राजीनामा दिएर र कतिपय राजीनामा समेत नदिई गृहराज्य फर्किन थालेका हुन् ।
एएचईआईका अध्यक्ष प्रदिप लाल मेहताले सरकारलाई पठाएको पत्रमा अचानक छाडेर भारी संख्यामा नर्सहरू सामूहिक पलायन हुनुको कारण सुरक्षाको अभाव र गृहराज्यमा प्राप्त हुन सक्ने सम्भावित सहयोगको आशा रहेको उल्लेख गरेका छन् ।