बाँकेमा थपिए ६ जना कोरोना संक्रमित

नेपालगन्ज,  बाँकेमा ६ जनामा कोरोना संक्रमित  थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ गरि ६ जना संक्रमित भेटिएका हुन् ।

नरैनापुर–५ मा १७, २०, २८, ३० र ४० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ, त्यसैगरी खजुरा गाउँपालिकाका २७ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।