पञ्जाबमा सरकारी बस चल्न सुरु
प्रकासित मिति : २०७७ जेष्ठ ७, बुधबार २०:५२
प्रकासित समय : २०:५२
बीबीसी, भारतको पञ्जाब राज्यमा बुधबारदेखि सरकारी बसहरु सञ्चालनमा आएका छन् । पञ्जाबका मुख्यमन्त्री क्याप्टन अमरिन्दर सिंहले राज्यमा बुधबारदेखि सरकारी बसहरु सञ्चालन भएको बताए ।
उनले पहिलो बस लुधियानाबाट अमृतसरका लागि छुटेको जानकारी दिए । उक्त बसमा ३० जना यात्रु सवार रहेका बीबीसीले जनाएको छ ।