दैलेखका संक्रमित ४१ दिन भारतीय क्वारेन्टाइनमा बसेर आएका थिए
प्रकासित मिति : २०७७ जेष्ठ ७, बुधबार ०८:०३
प्रकासित समय : ०८:०३
काठमाडौं, कर्णाली प्रदेशमा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्ति ४१ दिन भारतको क्वारेन्टाइनमा बसेर जेठ १ गते मात्र नेपालस्थति आफ्नो गाउँ फर्किएको खुलेको छ ।
दैलेखको आठबीस नगरपालिका घर भएका उनले गत चैत २० गतेदेखि बैसाख ३० गतेसम्म भारतको टनकपुरस्थित एमडीएम बोर्डिङ स्कुलको क्वारेन्टाइन बसेको बताएका छन् ।
पहिलो कोरोना संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा चेकजाँचको दायरा बढाइएको छ । प्रदेश स्वास्थ्य निर्देशक रीता जोशी भण्डारी हालसम्म कर्णालीका ३ हजार ३ सय भन्दा बढीको पीसीआर चोक जाँच गरिएको बताइन् ।