किन भनियो जिउँदो मान्छेलाई मृत ?
प्रकासित मिति : २०७७ जेष्ठ ७, बुधबार १६:२२
प्रकासित समय : १६:२२
रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालले आइसियूमा उपचाररत गुल्मीका कोरोनाभाइरस संक्रमितको मृत्यु नभएको जनाइएको छ। बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै अस्पतालले ती बिरामीको अहिले भेन्टिलेटरको सहायतामा उपचार भइरहेको बताएको हाे ।
उनलाई भेन्टिलेटरमा राखेको दुई दिनपछि अस्पताल प्रशासनले उनकाे स्वास्थ्य अबस्था गम्भिर रहेकाे जनाएकाे छ ।
तर यसअघि अस्पताल प्रशासनले नै बिरामीकाे निधन भएकाे भन्ने सुचना सन्चारमाध्यामलाइ दिएकाे थियाे साेहि अनुसार धेरे सञ्चारमाध्यम लगायत कुसेन्युजमा पनि समाचार प्रकाशन भएकाे थियाे । उक्त समाचारकाे स्राेत अस्पताल प्रशासन र साेहि स्थानीय निकाय रहेका थिए ।
यसअघि अस्पताल स्रोतको अपरिपक्व सूचनामा भर परेर उक्त समाचारका कारण परिवारजन, आफन्त र पाठक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौं।