कपिलवस्तुमा सर्पले डसेर एक युवकको मृत्यु
प्रकासित मिति : २०७७ जेष्ठ ७, बुधबार २०:४४
प्रकासित समय : २०:४४
कपिलवस्तु, कपिलवस्तुको शिवपुरमा सर्पले डसेर एक युवकको ज्यान गएको छ । शिवराज नगरपालिका वडा १ बस्ने २० वर्षीय सोनु विकको गए राति सुतिरहेका बेला विषालु गोमनले डसेको वडा नं १ का वडाध्यक्ष जगत जिसीले जानकारी दिए ।
उनका अनुसार राति सर्पले डसेको हो, होइन भनी यकिन गर्दा धेरै समय लागेको र समयमा नै उपचार गराउन नसक्दा मृत्यु भएको हो ।
राति करीब १२ बजे सर्पदंश भए पनि बिहान मात्र उपचारका लागि गोरुसिंगेस्थित नेपाली सेनाले सञ्चालन गरेको उपचार केन्द्रमा पुर्याउँदा बाटामै मृत्यु भएको थियो ।