अमेरिकामा कोरोनाको संक्रमणले ९३ हजार ५३० को मृत्यु

काठमाडौं, साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा  २४ घण्टामा थप १ हजार ५३० जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९३ हजार ५११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ८५० जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख ७० हजार १४४ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख ६३ हजार ६९ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख १३ हजार ५६४ जनामध्ये १७ हजार २४६ जनाको अवस्था गम्भीर रहेको छ ।