लकडाउनमा अबैध ढुंगाढुवानी गरीरहेको टिप्परलाई प्रहरीले छोड्यो
दाङ, दाङमा लकडाउनको मौका छोपी अबैध ढुंगाढुवानी बढिरहेकाे छ । राप्तिनदिबाट अबैध ढुंगाढुवानी गरीरहेको टिप्परलाई समेत प्रहरीले छोडेको छ । यसरी प्रहरीकै अगाडि दिनदाहाडै लकडाउन उलंघन गरेर ढुंगा ढुवानी गर्नुलाई स्थानीयबासीले रहस्यका साथ हेरेका छन । अझत प्रहरीकै अगाडि पत्रकारलाई धम्क्याउदै दादागिरी शैलीमा ओसारपसार गर्नुलाई प्रहरीकै मिलोमतोमा हुनसक्ने आशंका गरिएको छ ।
चार जना व्यक्तिमामा कोरोना पोजेटिभ देखिएपछि कडा एक्सनमा उत्रिएको प्रहरीकै अगाडि (महिला प्रहरी समेत)निर्माण सम्बद्ध व्यक्तिले अश्लिल हर्कत गर्दा दाङ प्रहरी मौन बस्यो भने जिल्ला प्रशासन कार्यालयको ५ बजेपछि निर्माण सामग्रि ढुवानी गर्नै निर्दैशन समेतको धज्जि उडाईएको छ ।
कोरोना पोजेटिभ देखिएको खबरसंगै सिंगो दाङ जिल्ला त्रसित बनेको छ । लक डाउनको पुर्ण परीपालना भए नभएको वा अवस्था के छ भनेर निगरानीमा दाङ जिल्लामा अनुगमन गर्दा पि.ए.डि. ढुवानी सेवाको रा.१.ख २१५३ नम्बरको टिप्परबाट एक व्यक्ति जसले आफुलाई ठेकेदारको रुपमा परीचय गराए उनले मिडिया कभरेज प्रति आपत्ति जनाउदै अश्लिल अर्थ दिनेगरी दाहिने हातको ठूलो औंला ठड्याय त्यो पनि महिला प्रहरीकै अगाडि ।
घोराहीको तुलसिपुर चोकमा खटिएका प्रहरी हेरेको हेर्यौ भए । आफुलाई ठेकेदार भन्ने व्यक्तिले संगै उभिएका ट्राफिक प्रह्रीलाई जिल्ला प्रसासन कार्यालयको सवारी चलाउन अनुमति पास देखाए तर उनि संग ढुगाको कागजपत्र (डम्पिङ्ग सर्टिफिकेट,राजश्व तिरेको कागज, ढुवानी अनुमति) थिएन ।
यस बिषयमा ड्युटिमा खटिएकी कर्तव्य पालनको सिलसिलामा महिला प्रहरीले संचार सेटमा माथिल्लो कमाण्ड संग कुराकनी गरेपछि त्यो ढुङ्गा बोकेको टिप्प्रलाई जान दिईयो । अब प्रस्न उठ्छ त्यो ढुङ्गा बैध थियो की अबैध ? बैद्य थियो भने उनि संग कागजपत्र किन थिएन ?
मिडिया कभरेजको बेला अश्लिल चरित्र देखाउँदै प्रहरीकै अगाडि वीर सिंहदाईको ढुङ्गा हो मलाई फोन गर्नु भन्दै ट्राफिक प्रह्रीसंग उनले फोन नम्बर समेत साट्न भ्याए तर उनले लकडाउनको समयमा भिडभाडमा जाँदा लगाउनुपर्नै सामान्य फेस मास्क समेत लगाएका थिएनन् ।
सार्वजनिक स्थलमा लकडाउनको बेला प्रहरीकै अगाडि मिडियासंग जोरी खोज्दै अश्लिल हर्कत गर्ने त्यो पनि महिला प्रहरीकै अगाडि उनलाई कार्वाही किन भएन भन्ने प्रश्न गम्भिर रुपले उठेको छ ।