आँखामा बसेर नगर्नु छलफल खतरा हुन्छ
प्रकासित मिति : २०७७ जेष्ठ ६, मंगलवार ११:३७
प्रकासित समय : ११:३७
आँखामा बसेर नगर्नु छलफल खतरा हुन्छ,
यी आँसुहरुको चहल पहल खतरा हुन्छ ।
बर्सौ देखि कोहि नबसेको दिलमा तिमी बस्यौं
निस्किन खोज्यौ भने कुनैपल खतरा हुन्छ ।
सिउदोमा अर्कैको सिंदुर लगाउ ठिकै छ
मेरो नामको लगाइनौ भने गाजल खतरा हुन्छ ।
जिन्दगीको डुङ्गा नसकिएला संगसंगै तैरिन
सवार भइएन भने केही दूरी पैदल खतरा हुन्छ ।
दैलेख