संसदमा प्रधानमन्त्री ओलीले उठेर बोल्न नसकेपछि…

काठमाडौँ , संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई उभिएर सम्बोधन गर्न अप्ठ्यारो भएको बताएका छन् ।

प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनको खुट्टामा समस्या देखा परेको हो ।

‘सभामुखज्यू मलाई उभिएर बोल्न गाह्रो भयो,’ ओलीले भनेका थिए, ‘स्वास्थ्यका कारण गाह्रो भयो । अपरेसन गरेकाले समस्या भएको छ ।

‘प्रधानमन्त्रीलाई गाह्रो भएपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद्का महासचिवलाई कुर्सीको व्यवस्था गरिदिन निर्देशन दिएका थिए । रोष्ट्रममा उभिएर बोलिरहेका प्रधानमन्त्रीलाई कुर्सीको व्यवस्था गरिएको थियाे । 

सम्बोधनको क्रममा उनले आफूलाई बस्ने व्यवस्था मिलाइदिन भनेपछि सम्बोधन केही बेर रोकिएको थियाे । त्यहाँ कुर्ची तयार अवस्थामा नरहेकाले केही बेर अलमल भएको थियाे ।

प्रधानमन्त्री ओलीले बस्ने व्यवस्था गरिदिन भनेपछि सभामुख अग्नि प्रसाद सापकोटाले सो व्यवस्थाका लागि निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीले ‘हालै शल्यक्रिया गरेकाले म धेरै बेर उभिन सक्दिन, बस्ने व्यवस्था मिलाइदिनु भएकोमा सभामुख ज्यूलाई धन्यवाद’ भन्दै आफ्नो सम्बोधन पुनः सुरु गरेका थिए  ।